पहिचानको आधारमै १ नं. प्रदेशको नाम राखिने : मन्त्री आङवो

पूर्णपुष्टि, पुष २८
१ नम्बर प्रदेशको नाम अझै पनि टुङगो लागेको छैन । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्वोले प्रदेशको नाम पहिचानको आधारमै राखिने बताउनुभएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको मोरङको पथरिमा मंगल्बार आयोजित दोस्रो प्रादेशिक महाधिवेशनलाई मंगलबार उद्घाटन गर्दै मन्त्री आङ्वोले सो कुरा बताउनुभएको हो ।
आदिवासी जनजातिको बाहुल्यता भएको क्षेत्रमा पहिचानलाई आधार मानेर सबैको भावानालाई समेटेर नाम राखिने उहाँले बताउनुभयो । अघिल्ला सरकारले छोडेका जनमुखी कार्यक्रम तथा योजनाहरुलाई पुनरावलोकन गर्दै आवश्यकताको अधारमा कार्यान्वयन गरिने बताउनुभयो । प्रदेश सरकारले जनभावना अनुसार नै काम गर्ने बताउदै फोनिजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभएको छ ।

फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङले बगतको दिनहरुलाई सम्झना गर्दा संगठनले निकै फड्को मारिसकेको बताए ।
नेपालको पत्रकारिता जगतलाई समानुपातिक र समाबेशी गर्नु पर्छ भन्ने उदेश्यले सार्थकता पाएको फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङले बताउनुभयो । कार्यक्रममा अग्रज फोनिजकर्मी पत्रकारहरुलाई सम्मान्समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0