पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

पूर्णपुष्टि, कार्तिक ८
पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका हुन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था गम्भिर रहेको छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0