प्रवासमा पनि खोजिदै प्रतिभा

काठमाडौ – नेपालमा गायनका तेजिला प्रतिभा खोज्न “नेपाल आइडल” चलिरहेको बेला प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो ।

नेपालमा “नेपाल आइडल”ले चर्चाको शिखर चुम्दै गर्दा “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ ।

१६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् ।

आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल राउण्ड हुने प्रतियोगितामा कस्ले जित्ला भन्ने चर्चा र चासो बढिरहेको छ । प्रतियोगिहरुले जित्न दर्शकको भोटमा २५ प्रतिशत र निर्णायकमा ७५ प्रतिशत मत निहित हुने आयोजकका किसन राईले बताउनुभयो । नेपालका लोकप्रिय गायीका शर्मिला बर्देवा, गायक बिसी राई निर्णायक रहेको सो प्रतियोगिताको अतिथि निर्णायक संगीतविज्ञ इन्द्र गुरुङ रहेका छन् । मिस युके नेपाल २०१४ निया देवान र नबराज राईले उद्घोषण गरिरहेका छन् ।

यता नेपाल आइडलमा भने आयोजक एपीवान टेलिभिजनले दर्शकको मत मात्रै जीतको आधार बनाएपछि निर्णायकहरु न्यूह बज्रचार्य, इन्दिरा जोसी र कालीप्रसाद बास्कोटा प्रतियोगिहरुलाई सल्लाह, सुझाव दिनमै सिमित बनेका छन् ।

नेपाल आइडलको फाईनल राउण्ड भने २२ सेप्टेम्बर (असोज ६) कतारमा हुदैछ । नेपाल आइडलका उत्कृष्ट तीन प्रतिष्पर्धी बुद्ध लामा, निशान भट्टराई र प्रताप दाससहित अन्तिम १२ प्रतिपर्धीमा परेका सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, साहुल विश्वास, मेनुका पौडेल र केञ्जलमेहर श्रेष्ठ हिजो कतार प्रस्थान गरिसकेका छन् ।

एभरेष्ट आईडलका भिडयोहरु यहाँ हेर्नुस्..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0