फेरी फ्युजन शिर्ष स्थानमा

पूर्णपुष्टि (उदयपुर) पुस २०
उदयपुरमा जारी ए डिभिजनको लिग फुटवल प्रतियोगिताको छैठौं चरणको पहिलो खेल फ्युजन क्लव बोक्से जितेको छ । उसले नवप्रभात नेपाल पोर्ताहालाई सुन्यमा हराउदै ३ अङ्क जोडेको छ । यो अङ्का जोडेसंगै फ्युजन फेरी शिर्ष स्थानमा पुगेको छ ।

बगाहा युवा समुह र मेधावी क्लवबीच भएको दोस्रो खेलमा बगाहाले ३ अङ्क जोड्न सफल भएको छ । आयोजक जिल्ला फुटबल संघ उदयपुरका सदस्य उदय राईका अनुसार शिर्षस्थान पुगेको फ्युजनको हालसम्मको अङ्क १५ पुगेको छ भने दोस्रो स्थानमा नव प्रभातको १३ अङ्क छ । अन्य टिमहरु बेल्टार युनाइटेड युथ क्लवको १०, लालिगुराँस नव युवा क्लव भागलपुरको ९, फुटवल क्लव वगाहाको ७, गाईघाट फुटवल क्लवको ७ अङ्क प्राप्त भएको छ । हिजोसम्म सुन्य अवस्थाको बगाहा युवा समुह ३ र मेधावी क्लव जलजलेले सुन्य कै अबस्थामा  रहेको छ ।

भोलीको पहिलो खेल गाईघाट फुटबल क्लव र फुटबल क्लव बगाहाबीच हुने र दोस्रो खेल बेल्टार एकता युवा क्लव र लालीगुराँस नव युवा क्लवबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल २४ गते हुनेछ । जिल्ला फुटवल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ए डिभिजनका आठ टीमले प्रतिष्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0