बन समुहले बनायो सामुदायिक भवन, खुशीयालीका साथ उद्धाटन

पूर्णपुष्टि, मंसिर १९ गते ।

गाउँमा सामुदायिक भवन निर्माण भएपछि उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ७ धाङ्लेका गाउँबासिमा खुसी छाएको छ । गाउँकै अन्नपूर्ण सामुदायिक वन उपभोक्ता समुहको आप्mनै आम्दानीबाट भवन निर्माण भएपछि  उनीहरुमा खुसी छाएको हो ।

समुहको १४ लाख ६९ हजार ४३४ रुपैया लागतमा निर्मित भवनको बुधबार एक विशेष समारोहकाबीच गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले उद्घाटन गरे । अध्यक्ष खड्काले प्रशंसनीय काम भएको भन्दै समुह र गाउँलेहरुलाई धन्यवाद दिए । गाउँ मात्र नभई पालिकाकै लागि राम्रो काम भएको पालिकाको ठहर छ ।

एउटा कार्यालय कोठासहित कार्यक्रम हल रहेको भवन र चर्पी निर्माण गरिएको छ । भवन निर्माणले गाउँको शोभा बढेको मात्र छैन, सबै किसिमका कार्यक्रमहरु गर्न सजिलो र व्यवस्थित हुने भएको छ ।

भवन नहुँदा खुल्ला चौरी, सडकमा बसेर बैंठक, छलफल, भेला जस्ता कार्यक्रम गर्नुपर्ने अवस्था थियो । बजारिकरण बढ्दै गरेको मुर्कुची बजार नजिकै रहेकाले उक्त भवनमा विभिन्न कार्यक्रमका लागि पनि उपयोग देखिएको छ ।

बन संरक्षण, सदुपयोग र आम्दानीबाट गाउँको विकास गर्न गाउँलेहरु एकजुट देखिएका छन् । भवन उद्घाटनसंगै समुहको २४ औं साधारणसभासमेत सम्पन्न भएको छ । कार्यक्रममा समुहका पूर्ब अध्यक्षहरुलाइ सम्मान गरिएको थियो ।

उक्त अवसरमा कार्यक्रमका विशेष अतिथिहरु डिभिजन बन कार्यालय त्रिबेणीका प्रमुख उपेन्द्र प्रसाद पटेल, सामुदायिक बन महासंघका केन्द्रिय सदस्य भरत बहादुर थापाले थप प्रगति र उन्नतीको शुभकामना दिए । त्यस्तै  सब डिभिजन कार्यालय भुट्टारका प्रमुख मनोज कुमार ठाकुर, सामुदायिक बन महासंघ भुट्टारका अध्यक्ष चेत बहादुर थापा, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, सहसचिब गजेन्द्र राई, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य यामन दनुवार लगायतको उपस्थित रहेको थियो ।

फोटो फिचर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0