बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

पूर्णपुष्टि, पुष ८
झापामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने एक जना घाईते भएका छन् । जिल्लाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठोक्कीदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका–१० का २२ वर्षीय अभिषेक यादवको ज्यान गएको छ, भने पछाडि सवार सोही स्थानका २५ वर्षीय राम कुमार खड्का घाईते भएका हुन् ।
हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को.१ क नम्बरको बसले विपरित दिशाबाट आउदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0