बगमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

पूर्णपुष्टि, कार्तिक १०
बगमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन् । पुरा सांसद नपुगेर अल्पमतमै मुख्यमन्त्रीको काम चलाईरहेकी शाक्यले आज भने बिधिगत ढंगले मुख्यमन्त्रीका लागि विश्वासको मत लिने भएकी छिन् ।

मुख्यमन्त्रीका लागि बागमती प्रदेशमा ५५ जना सांसदको समर्थन हुनुपर्ने छ । १०९ जना प्रदेश सभा सदस्य रहेको बागमतीमा एमालेमा ५६ जना सदस्यहरु मध्य १३ जना सदस्यहरुले नेकापमा एकिकृत समाजवादी रोजेपछि शाक्य मुख्यमन्त्री बनेको एक हप्तामै अल्पमतमा परिन् । आज त्यसैको छिनोफानो गर्ने हिसावले विश्वासको मत लिने तयारी भईरहेको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादी का संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जना सांसद छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् ,। मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन । विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना प्रदेश सभाका सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0