बाघको आक्रमण बाट बर्दियामा जनक बहादुर थारुको मृत्यु

पूर्णपुष्टि, असोज २६
बर्दिया बाघ आक्रमण परि फेरी अर्का एक जना ४० बर्षिय पुरुषको ज्यान गएको छ । बर्दिया स्थित गेरुवा गाउँपालिका ४ ढुकुनियामा जनक बहादुर थारुलाई बाघले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाए ।
सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0