बेल्टारका मृगौला पिडित निसानलाई अमेरीका बस्ने नेपालीहरुको आर्थिक सहयोग

पूर्णपुष्टि, पुष ७
उदयपुर बेल्टारका पत्रकार जिवन राईका मृगौला पिडित १९ बर्षिय छोरा सिभिल डिप्लोमा अध्यान गर्दै गरेका विद्यार्थी निसान राईका लागि बिज्ञान पराजुलीको पहलमा आर्थिक सहयोग जुटेको छ । पराजुलीको पहलमा राईलाई अमेरीका बाट २१ हजार बढी आर्थिक सहयोग जुटेको हो । अमेरीकामा रहेका आफ्नो नेपाली साथीहरु काठमाण्डौँका बिष्णु गरिले ३१ डलर, पोखराका किसा थापाले ३० डलर, बुटवलको राजकाजी कालीकोटेले ५० डलर र उदयपुरका हस्त श्रेष्ठले ७० डलर गरी २१ हजार ७ सय सहयोग गरेको छ । उनिहरु हाल सबै जना अमेरिका बसोबास गर्ने नेपालीहरु हुन् ।

पत्रकार समेत रहेका पराजुलीले पनि १ हजार सहयोग गरेको छ । उनि हाल काठमाण्डौँमा बसोवास गर्दै आईरहेका छन् । निसान बचाउन आफ्नो तर्फ बाट साथिहरुलाई सहयोग मागी बिरामी सम्म सहयोग पुराउने कोशिस गरेको पराजुलीले बताए ।

उनले अमेरिकामा रहेको आफ्नो साथिहरुलाई सहयोग मागी रकम जुटाएर बिरामीको परिवारलाई जिम्मा लगाएको बताए । पराजुलीले सहयोगी सम्पूर्ण साथिहरुलाई सहयोगको लागि धन्यवाद समेत व्यक्त गरे । पराजुलीका अनुसार निसानको लागि अझै थप सहयोग आउने समेत जनाए । निसानको लागि जापान बाट समेत सहयोगहरु जुटाउने काम भईरहेको पराजुलीले जनाएको छ ।

निसानको बिराटनगरमा केहि समय देखी हस्पिटलमा राखेर उपचारको काम भईरहेको छ । टाउकोको समस्याले काठमाण्डौँ लगेर घर पर्काउने बित्तिकै निसानलाई मृगौलामा समस्या देखिएको थियो । त्यसपश्चा उनलाई ९५ प्रतिशत मृगौलाको उपचार गर्नु पर्ने हस्पिटलले जनाएको थियो ।

मृगौला ट्रिटमेन गर्न ठुलो रकम लाग्ने भएपछि परिवारले धान्न नसक्ने भन्दै सबै क्षेत्रमा आवद्ध व्यक्ति, व्यपारी, कर्मचारी, संघसस्था र देश विदेशमा रहेका नेपालीहरु सँग आर्थिक सहयोगको लागि अनुरोध गरेका थिए । मृगौला पिपिडत निसान उदयपुर बेल्टारका पत्रकार जिवन राईका छोरा हुन् । पत्रकार राईले छोरा बचाईदिन सबै सँग अनुरोध गर्दै आर्थिक सहयोगको लागि अपिल गरेको थियो ।

हाल निसानलाई बिभिन्न व्यक्ति संघसस्थ, देश विदेशमा रहेका नेपाली तथा अन्य निकायहरुले सहयोग गरिरहेको जनाएको छ । खर्च सम्भव भए उपचार सम्भव हुने र विरामीलाई बचाउन सकिने हस्पिटलले अश्वासन दिए सँगै परिवार आर्थिको खोजिमा लागि परेको थियो । ५ लाख बढी पारिवारिक श्रोतले उपचार सुरु गराको निसानलाई थप उपचारका लागि मोटो रकम लाग्ने हस्पिटलले बताए सँगै थप उपचारमा सहयोगका लागि सबै सँग आर्थिकको लागि अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0