बृद्धाको हत्या आरोपमा युवक पक्राउ

पूर्णपुष्टि, मंसिर २४
बृद्धाको हत्या आरोपमा प्रहरिले एक युवकलाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको आरोपमा प्रहरिले सोहि ठाँउका २५ वर्षीय प्रकाश बिकलाई पक्राउ गरेको हो ।
सामान्य विवादका कारण प्रकाशले लाठी प्रहार गर्दा जेठी आमा नाता पर्ने पार्वती घाईते भएका थिए । उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरिले प्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0