बेलकामा कृषक परिचय पत्र वितरण

जयराम पूर्वछाने मगर
बेलका/मंसिर २ गते ।

बेलाका नगरपालिकाले पहिलो पटक कृषक परिचय पत्र वितरण गरेको छ । बेनपा–३ का कृषकहरुलाई चार तहमा वर्गीकरण गरेर ९ जनालाई कृषक परिचय पत्र वितरण गरेको हो ।

कृषीजन्य वस्तुबाट पालिका आत्मनिर्भर बन्नका लागि ३ नम्बर वडाबाट वर्गीकरणसहितको कृषक परिचय पत्र वितरण सुरु गरेको पालिकाले जनाएको छ । रातो जोन, साना किसान, मध्यम कसान र ठूला व्यावसायीक किसान गरी चार वर्गमा विभाजन गरि परिचय पत्र प्रदान गरेको हो ।

रातो जोनमा असोक श्रेष्ठ, सरिता मंग्राती र उमा मगर रहेको छ । त्यस्तै साना किसानमा राम चौधरी र डिल्लीसेर राई परेका छन् भने मध्यम किसानमा प्रविन राई र खेमराज मगर परेका हुन् । त्यस्तै ठूला व्यावसायीक किसानमा महेश चौधरी र विष्णुमति राई परेका छन् । यस चार तहको वर्गीकरणमा परेका कृषकहरुलाई तह अनुसारको परिचय पत्र वितरण गरिएको थियो । जुन रातो जोनमा परेका कृषकहरुलाई पालिकाले सतप्रतिशत अनुदान दिने र अन्य तहकालाई पालिकाको ऐन अनुसार अनुदान दिने पालिकाले जनाएको छ ।

कृषीजन्य वस्तुबाट नगर आत्मनिर्भर भएपछि मात्र समृद्धिको ढोका खुल्ने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए । नगरले कृषी क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । नगरको राम्रो कामले अरुलाई प्रेरणा मिल्ने र राज्यलाई नै टेवा पुग्ने प्रमुख परियारले बताए ।

रातो जोन जुन आफ्नो केहि नभएको र अरुकै घरमा काम गर्दै आएकालाई पालिकाले सतप्रतिशत अनुदान दिने पालिकाले जनाएको हो । पालिकाले १७ हजार ६ सय मेट्रिक टन मकै निर्यात गरेका छन् । पालिकामा प्रदेश सरकारको सहयोगमा बोका बाख्राको स्रोत केन्द्र स्थापना हुन लागेको छ । ६ करोड लगानीमा चिस्यान केन्द्र स्थापना र कृषीका उत्पादनका लागि ३१ वटा गैरसरकारी संघ सस्थाहरुसँग समन्वयन गरिरहेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0