ब्राउन सुगर सहित एक जना पक्राउ

पूर्णपुष्टि, असोज २४
मोरङ केराबारी गाऊपालिका ७ डागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् ।

हिजो बिहान ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । प्रक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0