खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास

गाईघाट –प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्नुभएको छ ।

उदयपुर र खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने साउने–धाप्लाङ–सुनकोसी पुल भदौ ३१ गते शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने वताउनुभयो । पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुने उहाँले बताउनुभयो । समयमा पुल निर्माणका लागि आफु लागी पर्ने र सवैले खवरदारी गर्नु पर्ने उहाँले बताउनुभएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का लगायत पनि शिलान्यास कार्यक्रममा सहभागि थिए ।

धाप्लाङघाटमा २२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाईको पक्की पुल निर्माण गर्न लागिएको हो । ४० र ४० मिटरमा पाँच वटा पिल्लर रहने पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले लिएको छ । २०७३ साल असोजमा सम्झौता भएको सो पुल २०७६ साल असारभित्रमा पूरा गर्नेगरी स्वच्छन्दले जिम्मा लिएको हो ।

वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ । मोटरेवल पुल बनेपछि उदयपु र खोटाङको दक्षिणी क्षेत्र तथा भोजपुरका लाखौं स्थानीयलाई आउजाउमा सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0