मंसिर १५ देखि दोस्रो मेयर कप हुने

राजेन्द्र दुष्ट
बेल्टार/मंसिर १३ गते ।

चौदण्डीगढी नगर दोस्रो मेयर रनिङ शिल्ड फुटबल प्रतियोगिता हडैयामा हुने भएको छ । आगामी मंसिर १५ बाट सुरु हुन लागेको प्रतियोगीता चौनपा– १० हडियाको शान्तिनगर खेल मैदानमा हुने भएको हो ।

प्रथम र दोस्रो हुनेले क्रमश ५० र २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्रले विजयी खेलाडीहरुलाई सम्मान गरीने चौदण्डीगढी नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्र राईले जानकारी दिनु भयो । नगरपालिकाको आर्थिक सहयोग र नगर विकास खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0