माओवादी केन्द्रमा फेरी प्रचण्डकै नेतृत्व

पूर्णपुष्टि, पुष १९
माओवादी केन्द्रको अध्यक्षमा फेरी प्रचण्डले नै नेतृत्व पाएको छ । केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई निर्विरोध पार्टी अध्यक्षमा चयन गरेको हो । अहिलेको परिपेक्ष र आवश्यकता अनुसार प्रचण्डनै उत्तम नेतृत्व रहेको भन्दै छलफल पश्चात पार्टी अध्यक्षको जिम्मा प्रचण्डलाई दिईएको माओवादीका नेताहरुले जनाए ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प माओवादी पार्टीको रहेको नेता नाराण काजी श्रेष्ठले बताए । श्रेष्ठ आफैले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गर्दै प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0