मासु कम दिएको भन्दै बाबुले खुर्पा हानेर छोराको हत्या गरे

पूर्णपुष्टि, असोज २७
मासुको विषयलाई लिएर विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीया नीमबहादुर कवरले खुर्पा प्रहार गरेर ३३ वर्षीय छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाबुको खुर्पा प्रहारबाट रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालसँग झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा गएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नीमबहादुरले गल्ती स्वीकारी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0