मुक्तिनाथ विकास बैंकको आज १६ औं वार्षिकोत्सव, विविध कार्यक्रमका साथ सेवा विस्तार

पूर्णपुष्टि (उदयपुर), पुस १९ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । सो अबसरमा बैंकको उदयपुरस्थित गाईघाट शाखाले शुभकामना आदान–प्रदानसहित बोर्षिकोत्सव मनाएको छ । शाखा अन्तर्गतका सेवाग्राही, बैंक कर्मचारी र जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुसंग शुभकामना आदान–प्रदानसहित वार्षिकोत्सव मनाइएको शाखा प्रवन्धक विनोदजंग थापाले बताए ।

आज, बैंकको केन्द्रिय कार्यालय र देशभरका विभिन्न शाखाहरुले वार्षिकोत्सव मनाएसंगै ३२ वटा नयाँ शाखाको उद्घाटनसमेत गरेको जनाएको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गका अनुसार बैंकले वटा शाखाको उदघाटन भयो । डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटै ठाउँमा केन्द्रीय कार्यालयबाट उद्घाटन भयो । बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेका हुन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।

अध्यक्ष ढकालले विशेष सम्बोधन गर्दै बैंकले सदैव गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको जनाइएको छ । विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको जनाइएको छ । १० लाख बराबरको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरेको जनाइएको छ ।

क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम पनि सञ्चालन भयो । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी देशभरको जुनसुकै एटिएम मेसिनबाट निःशुल्क पैसा निकाल्न मिल्ने सेवा थालेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३ सेवा पनि सुरु गरेको छ । अवदेखि यी सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0