मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

पूर्णपुष्टि, मंसिर १
१ नं प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको छ । उनको पक्षमा ५० मत सहित विश्वासको मत खसेका थिए । आज बाट राईले प्रदेश सरकारको दरिलो र आधिकारिक सरकार नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0