मोटरसाईकल चारीको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर २३
झापा बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । ईलाम पशुपतिनगर नगरपालिका–३ का २५ वर्षीय पासाङ तामाङलाई मोटरसाइकल चोरी अभियोगमा पक्राउ गरेको हो ।
मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका–३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0