मोटरसाईकल दुर्घटनामा सईको मृत्यु

पूर्णपुष्टि, मंसिर २
धरानमा भएको मोटरसाईकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा शसस्त्र प्रहरीका नायब निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
राति ८ः४५ बजे दुर्घटना सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकरी दिए । बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0