राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

सुरेन्द्र भण्डारी
पूर्णपुष्टि, कार्तिक १६
स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.ले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता अन्तरगत फष्ट रनरअप जस्मिन कोइराला र सेकेण्ड रनरअप एकता भट्टराई भएका छन् । त्यस्तै ‘भिवर्स चोइज्ज ’को अवार्ड मिनाल खण्डेलवाल र मस्ट ट्यालेन्टको अवार्ड रिदिमा अग्रवालले हात पारेका छन् । फाइनल प्रतियोगितामा प्रदेश भरिका १२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर्स इन्टर टेनमेन्ट प्रालिले गत दुई वर्षदेखि प्रदेश स्तरीय प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका अध्यक्ष राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका ३० जनाले यो प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा १२ जना पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0