राष्ट्रिय जनगणना २०७८ सकियो, उदयपुरको जनसंख्या साढे तीन लाख पुग्ने अनुमान

पुजा राजधामी
पूर्णपुष्टि, मंसिर ९
‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको राष्ट्रिय जनगणना २०७८ बिहिबार सकिएको छ । संघीयता पछिको पहिलो ऐतिहासिक १२ औं बृहत जनगणनाको काम सम्पन्न भएको छ । १५ दिनको अवधिमा सुपरिवेक्षण र गणकले गर्नु पर्ने काम जोगी,फकिर, साधु, सन्त, फिरन्ते र छुटेका व्यक्तिहरु तथ्यांक संकलन गरि गणनाको काम सम्पन्न भएको हो ।
उदयपुरमा गणनाको काम सतप्रतिशत सम्पन्न भएको जिल्ला जनगणना कार्यालयको प्रमुख शिवनारायण महतोले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार उदयपुर जिल्लाको कूलजनसंख्या ३ लाख १७ हजार ५ सय ३२ जना रहेको छ । गणना अवधिभरि सुपरिवेक्षकले सेन्सुस प्रोसेसिङ रेपोर्टिङ यप्समा गरिएको अपडेको आधानमा २०७८ सालको गणनामा जिल्लाको जनसंख्या ३ लाख ५० हजार आउने अनुमान गरिएको महतोले बताउनुभयो ।
२०७८ सालको जनगणना दुई चरणमा गरिएको छ । पहिलो चरणमा घर तथा घरपरिवार सूचिकरण फारम र दोस्रो चरणमा मुख्य प्रश्नावली भर्ने काम भएको हो । स्पष्ट, प्रभावकारी र बृहत तथ्यांक संकलन गर्नका निम्ति यो जनगणनामा ८० वटा प्रश्न समावेश भएको छ । जन्म मृत्यु देखी बसाइँसराइ , घरको स्वामित्व देखि,चर्पीको अवस्था , साना घरेलु व्यवसाय र प्राविधिक शिक्षा देखि बैंकमा पहुँच, मातृशिशु मृत्युदर देखि महिलाको नाममा जग्गा, उमेर, लिङ्ग, जात÷जाति, भाषा, धर्म, वैवाहिक अवस्था, अपांगता सम्मका प्रश्नहरु रहेका छन् ।
देशभर गणनाको लागी ८ हजार ५ सय जना सुपरिवेक्षक र ४० हजार गणक खटिएका थिए, भने उदयपुरको ८ वटै पालिकामा १ सय ७ सुपरिवेक्षक र ४ सय ५४ गणकले काम सम्पन्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0