लहानबाट हराएको ट्यांकर धनुषामा फेला

मंसिर ४ गते । 

लहानबाट दुई दिन पहिला हराएको डिजेल बोकेको ट्याङकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ । क्षिरेश्वरनाग नगरपालिका–१ रमदैयाको राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा बिहान साढे ७ बजे रित्तो ट्याङ्कर फेला परेको प्रहरीले जनाएको छ ।

रित्तो फेला परेको ट्याङ्करको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

गत आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल बोकेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर राति ११ बजे सिरहाको लहानबाट हराएको थियो । डिजेल बोकेको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति गठन गरेको छ ।

निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0