लागुऔषध गाँजा सहित १ जना पक्राउ

धनकुटा, मंसिर २० गते ।

धनकुटाको साँगुरीगढीबाट अवैध गाँजासहित १ जना पक्राउ परेको छ । साँगुरीगढी गाउँपालिका–९ सानो सफाई निबासी ५६ बर्षिय राम राई ६९ केजी गाँजासहित पक्राउ परेको हो ।

हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटेका प्रहरी टोलीले राईलाई घरबाटै गाँजा सहित पक्राउ प्रहरीले जनाएको छ ।

राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकको आधारमा  खानतलासी गर्दा  घर भित्र  संचय गरी राखेको ५१ केजी  तयारी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घर वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा १८ केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0