लिम्चुङबुङमा आगलागी, घर र गोठ जलेर नष्ट

पूर्णपुष्टि, बैशाख १३

आज लिम्चुङबुङमा भएको आगलागीमा घर र गोठ जलेर नष्ट भएको छ । नजिकैको भालुङ सामुदायीक  जंगलमा लागि रहेको डढेलोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

पालिकाको १ नं वडा बुच्कु पुच्छारे बस्ने दल बहादुर राईको घरमा आगलागी हुँदा खाद्यन्न, लत्ता कपडा, नगद सहित गरी ४ लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोली घटना स्थल तर्फ गई अवस्था बारे बुझ्दा पशु चौपाय र मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0