लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ ९ गते बाट

गाइघाट/आईतबार, ८

लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान ९ गते बाट उदयपुरमा पनि सुभारम्भ तथा उद्घाटन गरिने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा गरिएको पत्रकार सम्मेलन अनुसार सो अभियानको सुभारम्भ ९ गते बाट गरिने आयोजकले बताएको छ ।

जिल्ला समन्वय समिति उदयपुर तथा लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान समारोह समितिको आयोजनामा ९ गते बाट २५ गत्ते सम्म अभियान गरिने आयोजगले बताएको हो । गत बर्ष भन्दा फरक तरिकाले यो अभियान सुरु गर्ने जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले बताईन् । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धताको नारा सहितको अभियान देशैभरी सुरु हुने भएको हो ।

नेपाल सरकार महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको २०७६ को कार्यन्वयनको मस्यौदा अनुसार ७ ओटै प्रदेशमा यो अभियान संञ्चालन हुने उप–प्रमुख राईले बताईन् । मस्यौदामा बिषेशगरी संघ, जिल्ला समन्वय समिति, स्थानीय तह, शिक्षा विकास प्रविधि मन्त्रालय, संञ्चार तथा सुचना प्रविधी मन्त्रालय, राष्ट्रिय महिला अयोग, जिल्ला प्रहरी कार्यलय, नेपाल टेलिभिजन, पत्रकार महासंघ, रेडियो नेपाल यातायात व्यावस्था विभाग, चलचित्र बोर्ड, टेलिभिजन, गैर सरकारी संस्था, लगायतका निकायहरु लाई जिम्मेवारी बनाउन मस्यौदा तयार गरी सो अभियान देशै भरी संञ्चालन हुने पानि राईले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0