शनिबारदेखि हराइरहेकी ६ वर्षीया बालिका मृत भेटियो

पूर्णपुष्टि, पुष ८
शनिबारदेखि हराइरहेकी छ वर्षीया बालिकाको शव मृत अवस्थामा भटिएको छ । बर्दियामा बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका–९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव भटिएको हो ।
उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५ सय मिटर पश्चिममा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्डभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
देविका गत शनिबार अपराह्न ५ बजेदेखि बेपत्ता थिइन् । आफ्नी छोरी हराइरहेको भन्दै बारबर्दिया नगरपालिका–८ औरी बस्ने बुवा विष्णु खनालले आइतबार जानकारी गराएका थिए ।
त्यसपछि प्रहरीको टोली खोजी गर्न खटिएको थियो । खोजतलासकै क्रममा बुधबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव फेला पारेको हो ।
प्रहरीका अनुसार बालिकाको मृत्यु चिप्लिएर लडि पानीमा डुबेपछि भएको प्ररम्भीक अनुसन्धानबाट खुलेको छ ।
बालिकाको शव फेला पारी पोष्टमार्टमको लागि बर्दिया अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0