सफल हुदै जनतासंग उप मेयर कार्यक्रम

राजेन्द्र दुष्ट
बेल्टार/मंसिर १६।

चौदण्डीगढी नगरपालिकामा “जनतासंग उप–मेयर” कार्यक्रमले क्रमरुपले सफलता पाउँदै गएको छ । चालु आर्थिक वर्षको योजना अन्तर्गत कार्यक्रमले प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारबाट कार्यान्वयनमा आएपछि योजनाले सफलता पाएको हो ।

विशेषगरी गर्भवती महिलाहरुमा आउने समस्याहरु पोषण युक्त खानपिन, भिडियो एक्सरे, स्वास्थ्य चेकजाचकासाथै आवस्यक औषधिहरु गत साउनदेखि निःशुल्क रुपमा वितरण गर्ने काम भएको चौनपाकी उप–प्रमुख रिताकुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यक्रम अन्र्तरगत प्राथमिक स्वास्थ्य केन्द्रमा जसले प्रसुती गराउँछ, उनले बच्चा र आमाको लागि पोषणयुक्त खाने कुरासहित नगद दुइ हजार रुपैयाँ पाउँछ ।’

स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा भाले, लत्ताकपडा, घ्यू, फलफुल र नगद सुत्केरीको घरैमा लगेर दिने व्यवस्था गरेको उप–प्रमुख चौधरीले बताउनुभयो । यस बाहेकका अन्य कार्यक्रमहरु अति विपन्न नागरिक र नागरिकका जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्री प्रदान गरिने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम अनुसार विपत विशेष राहत कोष, १० नं. वडामा एउटा एम्वुलेन्स र घटना दर्तालाई व्यवस्थापन अन्र्तरगत ६० वर्ष पुगेका जेष्ठ नागरिकको निधन भएमा मृत्यु  भएको प्रमाण पत्रको आधारमा परिवारलाई काजकृया स्वरुप नगद १० हजार रुपैयाँ दिने गरेको उप–प्रमुख चौधरीले बताउनुभयो ।

उक्त कार्यक्रमले अशक्त महिला दिदीबहिनीहरुलाई धेरै राहत भैईरहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य निरिक्षक श्याम पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो ‘गर्भवति महिलाहरुको चेकजाँच प्रत्येक सोमबार मात्र हुने गरेकोले हप्तामा ५ जना देखि ७ जनासम्म आउने गरेको छ ।’

कतिपय प्रचार प्रशारको कमिले गर्दा पनि थामिक स्वास्थ्यमा सुविधाहरु हुदा हुदै पनि सेवाग्राहीहरु अन्यत्र गएर महंगो शुल्क तिर्न बाध्य भएको (प्रास्वाके)  मा कार्यरत एक स्वास्थ्यकर्मी बताउनुभयो । वास्तवमै राम्रो गुणस्तर, चुस्त दुरुस्त, छिटो छरिटो, सर्वशुलव तवरले नागरिकलाई यसैगरी सेवा दिने हो भने उप मेयर चौधरीले जस्तै जस पाउने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0