सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २४
मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । हिजो राती ७ बजे विराटनगर महानगरपालिका–११ रामपुरमा दुर्घटना हुँदा सोही स्थानका ३४ वर्षीय मुन्ना कुमार साहनीको मृत्यु भएको हो ।
रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार साहनी घाईते भएका थिए । सहनीको कोशी अस्पताल विराटनगरमा पु¥याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

यसैगरी, मोरङकै बुढिगंगा गाउँपालिका–२ टंकी स्थितमा हिजो राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका–४ आईतबारेका २६ वर्षीय सुरज खनाल घाईते भएका थिए । उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0