सवारी दुर्घटनामा माओवादी केन्द्रका नेताको ज्यान गयो

पूर्णपुष्टि, मंसिर ८
सवारी दुर्घटनामा नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेले गएराति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा ज्यान गएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् ।
घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0