सिभिल डिप्लोमा अध्यानरत उदयपुरका (मृगौला) पिडित १९ बर्षिय निसानलाई आर्थिक सहयोग जुट्दै, थप सहयोगको अपिल

पूर्णपुष्टि, मंसिर २८
मृगौला समस्याले थलिएका उदयपुर चौदण्डीगढी नगरपालिका १ का निसान राईलाई आर्थिक सहयोग जुट्दै आएको छ । लोभ लाग्दो उमेर र आश लाग्दो पढाई गर्दै गरेका उदयपुर बेल्टारका पत्रकार जिवन राईका १९ बर्षिय छोरा निसान राईलाई नेपाल लगायत अन्तराष्ट्रिय देशहरुमा बासोवास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । मृगौलै समस्याका कारण परिवाबाट मात्रै उपचारमा सम्ंभव नभएपछि निसान राई बचाउ अभियान तथा संञ्चार माध्यमहरुमा समेत सहयोगको अपिलको प्रचार प्रसार पश्चात धमाधम उपचारमा सहयोगी व्यक्तिहरुले इच्छुक जनाएको हो ।

काठमाण्डौँमा टाउकोको उपचार गरेर घर ल्याएको निसानलाई केहिदिनमै बिरामले समस्या बनायो । स्थानीय हस्पिटल बेल्टारमा चेक जाँज गराउँदा रोग पत्ता नलागेर उपचार सम्भव नभएपछि धरान लगियो । धरानमा मृगौलाको समस्या देखिएपछि मृगौला ट्रिटमेन्टको लागि आवश्यक उपकरण नहँुदा तत्काल बिराटनगर लगेर आईसियु र भेण्डीलेटरमा राखेर निसानको उपचार भईरहेको पत्रकार राईले जनाएको छ ।

हाल छोरालाई नेपाल लगायत अमेरीका, युके, चाईना, क्रोएसिया, हङकङ, सिंगापुर, दुवई लगायतका देशमा रहेका नेपालीहरुबाट सहयोग मिलिरहेको छ, पत्रकार राईले भने” राईले हाल सम्म अन्दाजी ३ लाख बढी आर्थिक सहयोग जुटिसकेको जनाएको छ । निसान उपचारका लागि परिवारले यस भन्दा पहिले ५ लाख बढी खर्च गरिसकेको छ ।

हस्पिटलका अनुसार १२÷१३ लाखको हाराहारीमा खर्च हुने भएपछि आर्थिक संकलनका लागि निसान राई बचाउ अभियान समेत संञ्चालन गरी आर्थिक संकलनमा जुटेको अभियानका सहयोगी मनिस राईले बताए । अहिले निसान राईका लागि बिभिन्न व्यक्तिहरुले आर्थिक सहयोका लागि अभियानमा सहयोग गरेको पनि सहयोगी राईले बताए । निसान राई बचाऔँ अभियन्ता चौदण्डीगढी बाट सन्तोस राई र बसाहा बाट मनिस राईले अभियानलाई सहयोगी मनहरु सम्म जोड्न सहयोग पुराई आर्थिक सहयोगमा साथ दिएको पत्रकार राईले बताए । निसानलाई उपचारको लागि नेपाल पत्रकार माहासंघ उदयपुरले पनि सहयोग गरेको छ ।

निसान बचाउ अभियान मार्फत बिभिन्न व्यक्ति, संघ संस्थाहरु देश विदेशहरुले राम्रो सहयोग गरिरहेको छ । टाउकोको उपचारमै धेरै खर्च लागेको निसानलाई परिवारले मृगौलाको समस्या देखिएपछि ५ लाख बढी खर्च गरिसकेको थियो । ९५ प्रतिशत मृगौलाको उपचार गर्नु पर्ने भएपछि खर्च थप बढ्ने अस्पतालले जनाए सँगै घर बाट आर्थिक संकट भयो । थोरै रकमले उपचार सम्भव नभए पश्चात हाल निसानको लागि सहयोगको स्थितिमा उपचार भईरहेको परिवार स्रोतले जनाएको छ ।

परिवारले थप सहयोगका लागि पनि सबै सँग हात जोडेको छ । अन्य केहि थप सहयोगले छोरा बचाउन सकिने र डाक्टरले पनि बचाउन सम्भव रहेको तर खर्च बढ्ने भनेपछि सहयोगका लागि परिवारले निरन्तर अपेक्षा राखेको जनाए छ ।

चौदण्डीगढी साप्ताहिका संञ्चालक तथा प्रकाशक समेत रहेका पत्रकार राईका छोरा निसान भर्खर १९ बर्षको मात्रै भएको छ । निसान हाल राजविराजको ठाकुर जी क्याम्पसमा सिभल डिप्लोमा कोर्ष पढ्दै छन् । इमान्दारी र मेहनती रहेको निसान भोली राष्ट्रकै सम्पत्ति बन्न सक्ने भन्दै परिवारले तपाई हामि सबैको छोराको रुपमा सहयोगको परिवारले अपिल गरेको छ ।

पत्रकारको परिवार तथा अभियान्तका व्यक्तिहरुले सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । अन्य सहयोगी भावना भएका व्यक्तिहरुले पनि थप सहयोग गर्न समेत अभियानले अनुरोध गरेको छ । थप सहयोगका लागि 9863872191 मा विरामीको बुबा जिवन राई र राष्ट्रिय बाणिज्य बैँको खाता नं। 2370100007736010 मा आर्थिक संकलन गरी सहयोग गर्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0