सिरहामा आमहड्ताल घोषणा, प्रहरी र बन्दकर्ताबीच झडप आधा दर्जन बढी सवारीसाधन तोडफोड

पूर्णपुष्टि, पुष ११
सिरहामा आज किसानलाई पक्राउ गरेको विरोधमा आमहड्ताल घोषणा गरिएको छ । पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । किसानले बिउ लगेपछि गाउँपालिकाले दिएको उजुरीको आधारमा ती किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आमहड्ताल घोषणा गरेको हो । जिल्लाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियो ।
बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् । सवारी साधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0