हावाहुरीका कारण १५ बिघा क्षेत्रफलको केराबगानमा २५ लाख बढीको क्षती

पूर्णपुष्टि, कार्तिक १०
बेमौसमी हावाहुरी र बर्षाका कारण सप्तरीको केराबगानमा २५ लाख बढी क्षती पुगेको छ । लाखौँको क्षती पुगेपछि किसान चिन्तित बनेको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए ।

एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित रहेको केरा बगानमा ठूलो क्षति पुगे सँगै सयौँ घरी केरा नष्ट भएको हो ।
दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु.२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए । उनले भने, छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले सुनाए ।

यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ । शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0