९१ बर्षिया उपमेयर शान्ति कार्कीले दिईन कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार

पूर्णपुष्टि, मंसिर २५
९१ बर्षिय शान्ति कार्कीले हालै भईरहेको नेपाली कांग्रेसको १४ औँ केन्द्रीय माहाधिवेशनमा केन्द्रीय सदस्यको पदको उम्मेदवार दिएकी छिन् । कार्की बिरगन्ज माहानगरापलिकाकी उपमेयर समेत हुन् । उनि उमेरले बृद्ध रहेपनि नेतृत्व र राजनितिकमा निकै सक्रिय छिन् ।

कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् । वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0