सडकबीच ठूलो भ्वाङ

पूर्णपुष्टि, असोज १६ गते ।

उदयपुरजिल्लाको सदरमुकाम गाईघाट जोड्ने कदमाहा–गाईघाट सडकको देउरी सडकखण्डमा पक्की सडकबीच ठूलो भ्वाङ परेको देखिएपछि दुर्घटनाको जोखिम बढेको छ ।

त्रियुगा नगरपालिका ४ देउरीको पुलभन्दा अन्दाजी ४ सयमिटर पूर्व सडकबीचमा बाहिरबाट १२ इन्चजतिको प्वाल देखिएको र उक्त प्वालबाट टर्च बाली हेर्दा ठूलो भ्वाङ देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसबाट दुर्घटनाको जोखिम बढेकोले उक्त स्थानमा सावधानीका लागि सांकेतिक घेरा लगाईएको प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताए ।

जिल्ला ट्राफिक इन्चार्ज सैलेन्द्र गच्छदारका अनुसार उक्त स्थानमा अहिले रुखको हाँगा गाडेर संकेत गरिएको छ । संकेतका कारण सवारी साधन भ्वाङ भएको साईडतिर नजाने भएकोले राखिएको उनले बताए ।

स्थानीयहरुका अनुसार उक्तस्थानमा केही दिन अघि नै प्वाल देखा परेको थियो । सामान्य प्वालको रुपमा लिइए पनि प्रहरीले हेर्दा ठूलो भ्वाङ देखिएकोले साबधानी अपनाउनु पर्ने देखिएको हो । उक्त ठाउँमा यातायात साधन भने सामान्यरुपबाट नै सन्चालन भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0