एमाले–माओवादी केन्द्रलाई बृृहद लोकतान्त्रिक मोर्चाले काउन्टर दिने नेता खड्काको भनाई

पूर्णपुष्टि, असोज १९ गते ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहद लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. खड्काले एमाले, नेकपामा ओवादी केन्द्र र नयाँशक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै यो राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने बताए ।

उनले केन्द्रका अध्यक्ष प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेकोसमेत बताए । माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमात्कार गरेको भन्ने प्रचण्डमाथि ब्यंग्य गर्दै उनले जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराउनु भएको टिप्पणी गरे ।

०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकता गर्नुले उनको जुझारु क्रान्तिकारीतामाथि नै प्रश्न उठेको उनको भनाई थियो । नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकता प्रयासलाई राँकेभुतको संज्ञा पनि दिए । यद्धपी उनले कांग्रेस लगायत अन्य पाँचदलहरुवीच बनेको लोकतान्त्रिक गठबन्धन चुनावी एलायन्स मात्रै भएको स्पष्ट पारे । नेता खड्काले तोकिएकै मितिमा निर्वाचन हुने समेत विश्वास दिलाए ।

बाममोर्चाको प्रतिकारमा मोर्चा – केसी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रवक्ता रोशन केसीले कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बृहत्त लोकतान्त्रिक मोर्चा वाममोर्चाको प्रतिकारमा गठन नभएको स्पष्ट पारेकी छिन् ।
नेतृ कार्कीले लोकतान्त्रिक गठबन्धन बनाउने कुरा तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग सुर्यबहादुर थापाले लिएर गएको स्मरण उनले गाईन् । तर त्यतिवेला कोइरालाले लोकतान्त्रिक गठबन्धन बन्ने वितिकै काउन्टरमा अर्को गठबन्धन बन्ने खतरा देखेर नबनाएको स्पष्ट पारिन् ।

उनले लोकतान्त्रिक मोर्चा बनाउने विषय सबै नेताहरुको दिमागमा भएको भएपनि हिजो आएर उक्त विषयमा छलफल प्रारम्भ भएकोले सबै पार्टीका नेताहरु सम्मिलित नेताहरुको कार्यदलले कार्य प्रारम्भ गर्नेसमेत विश्वास दिलाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0