चीनको ईशारामा नेपालमा वाम एकता हुँदैछ : राजपा नेता

पूर्णपुष्टि, असोज १९ गते ।

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको दाबी गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए । मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लालले आप्mनो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने बताए ।

त्यसैगरी कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए ।
महासचिव चौधरीले आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा नभएको टिप्पणी गरे ।

त्यसैगरी संघीय समावादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए । बस्नेतले वाम एकताको कारण निर्वाचन तलमाथि गर्न नहुने उनले बताए ।

नेता बस्नेतले संविधान संशोधन, मधेश आन्दोलन, १० वर्षे जनयूद्ध, थारु आन्दोलनले प्रचण्डलाई सरकारमा जाने मौका दिएको भन्दै आज आएर वाम एकताको नाममा सबै परिर्वतनहरु खोलामा बगाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0