उदयपुरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि यस्तो छ मतदाताको संख्या

उदयपुर । गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदाता गर्नेको संख्या बढेको छ ।

२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका छन् भने स्थानीय तहको निर्वाचनमा जम्मा मतदता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालयले उदयपुरको अनुसार अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको हो ।
स्थानीय तहको निर्वाचनमा १ लाख २१ हजार ९ सय ९७ मत खसेको थियो भने ४९ हजार ७ सय ७४ मत खसेको थिएन ।

पहिलेको तुलनामा नयाँ मतदता २२ हजार ४ सय ५२ थपिएकाले केही बढ्ने देखिएको हो ।
२०६८ सालको जनगणनाको तथ्यांकअनुसार ३ लाख १७ हजार ५सय २७ जनसंख्या रहेको श्रोतले बतायो ।

जसमा उदयपुरमा एकजना तेस्रो लिंगी मतदाता फेला परेकी छन्। उदयपुरमा महिला मतदाता ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको कार्यालय उदयपुरले जनाएको छ।

कुन क्षेत्रमा कति मतदातारु नयाँ निर्वाचन क्षेत्र निर्धारणअनुसार उदयपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम छ। कायम भएको यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन्। जसमा पुरुष ५६ हजार ८ सय ८८ र महिला ५७ हजार ६ सय ९७ छन्।

जसमा त्रियुगा नगरपालिका मात्र एक प्रदेश निर्वाचन क्षेत्र छ भने वेलका र चौदण्डीगढी नगरपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ। वेलका र चौदण्डीगढी नगरपालिका मिलेर बनेको प्रदेश निर्वाचन क्षेत्रमा ६१ हजार १९ मतदाता छन्।

यसैगरी त्रियुगा नगरपालिका मात्र रहेको प्रदेश निर्वाचन क्षेत्रमा ५३ हजार ५ सय ६७ मतदाता रहेको कार्यलयले जानकारी दिएको छ। यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्र छन्। यहाँ जम्मा मतदाता ७९ हजार ६ सय ३६ छन। कटारी नगरपालिका र ताप्ली गाँउपालिका मिलेर एक प्रदेश निर्वाचन क्षेत्र कार्यम भएको छ। जहाँ ४१ हजार ९ सय ८२ मतदाता छन।

सुनकोसी, रौतामाई र उदयपुरगढी गाँउपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ। जहाँ जम्मा मतदाता ३६ हजार ३७ हजार ३ सय ४५ मतदाता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0