उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

पूर्णपुष्टि, कात्तिक १० गते ।

गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उदयपुरमा म्यादी प्रहरी छनौट कार्य सुक्रबार सम्पन्न गरेको छ । सुक्रबार म्यादी प्रहरी छनौटको अन्तिम परिणाम सार्बजनिक भएको छ ।

म्यादी प्रहरी छनौटका लागि असोज २४ देखि ३० गतेसम्म आवेदन आव्हान गरेको जिल्ला प्रहरीले उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट गरेको जनाएको छ । १ सय ८७ जनाको नाम बैंकल्पिकमा निस्किएको छ । म्यादी प्रहरीका लागि २ हजार २ सय १९ जनाले फारम भरेका थिए ।

फारम भरेकालाई उचाई, तौल नाप्नुका साथै स्वस्थ्य परिक्षण, सेटअप, पसअप, रनिङ गराइएको थियो । त्यसमा पास हुनेहरुलाई लिखित र मौखिक परिक्षा लिई अन्तिम परिणाम निकालिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।

म्यादी प्रहरी छनौट भएकाहरुलाई तालिम दिईने जनाइएको छ । उनीहरुलाई जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्शीलामा विभाजन गरी तालिमको व्यवस्था मिलाइने जनाइएको छ । उनीहरुको १२ गतेदेखि तालिम सञ्चालन हुने जनाइएको छ ।

मन्त्रि परिषद्ले देशभरका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको कोटा खुलाएको थियो । ५५ दिनका लागि खटाइने म्यादी प्रहरीलाई प्रहरी जवान सरह मासिक १७ हजार २ सय ३० रुपैयाका दरले पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने जनाइएको छ ।

निर्वाचनको क्रममा कुनै म्यादी घाइते भएमा सरकारले उचारका लागि एकलाख ५० हजार रुपैयाँसम्मको उपचारखर्च दिने जनाइएको छ । खटिने क्रममा मृत्य नै भएमा नीजको आश्रीत परिवारलाई १५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0