राप्रपाका नगर उपाध्यक्ष बामपन्थीमा

पूर्णपुष्टि/कात्तिक २३ गते ।

गाईघाट–राष्टिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का त्रियुगा नगर कमिटि उपाध्यक्ष किरण पाण्डेले बामपन्थी शक्तिको कार्यदिशालाई अंगिकार गरेका छन् ।

उनले राप्रपा (प्रजातान्त्रिक) को पद परित्याग गर्दै एमालेमा रहेको बिहिबार प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । नयाँ संविधान कार्यन्वयनसंगै मुलुक प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएको अवस्थालाई मध्येनजर गर्दै आर्थिक समृद्धि, राष्ट र राष्टियता, वैज्ञानिक समाजवादको कार्यदिशा बोकेको पार्टी एमाले रहेको ठहरसहित त्यसैमा समर्पीत रहेको विज्ञप्तीमा जनाएका छन् ।

बामपन्थी शक्तिको अभियानलाई सार्थक बनाउन म र म जस्ता य’वाको जमात गोलबन्द हुन आवश्यक रहेकोले हिजो जे जस्तो अवस्थामा रहेपनि आजकै मितिदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को त्रियुगा नगर कमिटि उपाध्यक्ष पद परित्याग गरी बाममन्थी सुत्रकार नेकपा एमालेमा समर्पित रहेको जानकारी गराउदछु ।” उनले विज्ञप्तीमा भनेका छन् ।

उनले आगामी निर्वाचनमा आ आप्mनो तह र तप्काबाट साथ सहयोग गर्दै बामपन्थी गठबन्धनका उम्मेदवारलाई विजय गराउदै मुलुकलाइ आर्थिक समृद्धि र राजनैतिक स्थायीत्वतर्फ उन्मुख गराउन सबैमा अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0