उम्मेदवारको घरमा कालोझण्डा

पूर्णपुष्टि/कात्तिक २६ गते ।

उदयपुर-चुनावको विरोध जनाउदै नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुको घरमा कालो झण्डा राखेको छ ।

नेकपा एमालेको तर्फबाट उदयपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार मञ्जु चौधरी, सोही प्रतिनिधिसभा अन्तर्गतको प्रदेशसभा २ का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगर लगायतको घरमा कालो झण्डा राखेको हो ।

“दलाल संसदीय व्यवस्था मुर्दाबाद, कथित संघ र प्रदेश निर्बाचन खारेज गर” लेखिएको कालो कपडाको व्यानरलाई नै झण्डाको रुपमा झुण्ड्याएको छ ।
उम्मेदवारको घरमा आज विहान कालो झण्डा फेला परेकाले राती राखेको थियो । स्थानीय प्रशासनले कालो झण्डा हटाउने सुरक्षास्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0