कृषी डायरी/कृषक समुह महासंघ उदयपुरको विविध गतिविधि

किसान लेखपढ शिविर सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ, नेपालद्वारा बेलका नगरपालिका तहमा रहेको नगर महासंघका पदाधिकारीहरु र वडा महासंघका प्रतिनिधिहरुको सहभागितामा २ दिने किसान लेखपढ कार्यक्रम सम्पन्न भएको छ । बेलका नगरपालिका वडा नं.८ स्थित डुडखोलामा रहेको हिमालय महिला कृषक समुहको व्यवस्थापनमा भएको उक्त किसान लेखपढ कार्यक्रमको अध्यक्षता नगर महासंघका अध्यक्ष नारद निर्रोलाले गरेको थिए भने लेखपढ शिविरको सहजीकरण राष्ट्रिय कृषक समुह महासंघ, नेपाल केन्द्रिय सचिव रामहरी शर्मा तथा जिल्ला परियोजना अधिकृत देवि थापाबाट गरिएको थियो ।

स्थानीय तहको पुनरसंरचना पश्चात बेलका नगरपालिकामा गठन भएको राष्ट्रिय कृषक समुह महासंघ, नेपालको नगर महासंघका पदाधिकारीहरु र वडा महासंघका प्रतिनिधिहरुको सहभागितामा २ दिने किसान लेखपढ कार्यक्रम एकिकृत रुपमा संञ्चालन गरिएको थियो । महासंघको अभियान, संरचनागत भूमिका र नीतिगत प्रावधान बारे जानकारी गराउने, कृषि र किसानसंग सम्बन्धि नीति, कार्यक्रम बारे किसान तहमा बुझाई स्थापित गर्ने, नगर महासंको आगामी पैरवि कार्य योजना निर्माण गर्न सहजीकरण गर्ने, बेलका नगरपालिकाको नव निर्वाचित प्रमुखलाई बभाई तथा शुभकामना प्रदान, नगर महासंघले गरेका क्रियाकलापहरु तथा उठाएका सवालहरुको बारेमा अवगत तथा प्रतिवेदन हस्तान्तरण गर्ने, साविक तपेश्वरी गा.वि.स.हाल बेलका न.पा.वडा नं.१ र २ को महासंघको अगुवाई तथा बाह्य परामर्शदाताको सहजीकरणमा बनेको खाद्य सुरक्षा तथा कृषि विकास रणनीति योजनाको पुस्तिका नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गर्ने, सहभागी वडा महासंघका प्रतिनिधिहरुहरुलाई पैरवी योजना निर्माण गर्न सहयोग पु¥याउने मुख्य उदेश्यका साथ संञ्चालन गरिएको थियो ।

कार्यक्रम संञ्चालनले बेलका नगर महासंघको पैरवी योजना निर्माण, सहभागी वडा महासंघहरुलाई योजना निर्माण गर्न सहजता, स्थानीय तहको पुनर संरचना सँगै महासंघको तहगत संरचनाहरु तथा भूमिकाको बारेमा जानकारी, वेलका नगर महासंघले गरेका क्रियालकलापहरु र नगर महासंघको आगामी योजना सहितको प्रतिवेदन नगर प्रमुखलाई हस्तान्तरण, साविक तपेश्वरी गा.वि.स. (हाल बेलका न.पा.१र२) को कृषि गुरु योजना हस्तान्तरण, वेलका नगरपालिकाका नव निर्वाचित प्रमुखलाई महासंघको तर्फबाट बधाई तथा शुभकामना प्रदान कार्यक्रमले महासंघ र नगर विच समन्वय तथा सम्पर्कमा विस्तार, नगरपालिकाको तर्फबाट कृषि वजेट विनियोजन र कार्यान्वयनको तहमा प्रभावकारीता ल्याउने नगर प्रमुखको मन्तव्यको क्रममा प्रतिवद्धता जस्ता उपलब्धिहरु भएका छन् ।

सवालमा आधारित वडा स्तरीय अन्तरक्रिया कार्यक्रम

स्थानीय स्तरमा रहेका कृषि र किसानका सवालहरु बारे सम्वन्धित सरोकारवालाहरुलाई कार्यान्वयनको लागि महशुस गराउन किसान र सरोकारवाला विच अन्तरक्रिया गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो कटारी नगरपालिकाको वडा नं.१, २, ३, ४, ५, ११, १२ र १४ मा सम्पन्न गरिएको छ भने बेलका नगरपालिकाको वडा नं.१, २, ३, ५, ६, ७, ८ र ९ मा गरी जम्मा ८ वटा वडाहरुमा सम्पन्न गरिएको छ ।

स्थानीय तहमा रहेका कृषि र किसानका सवालहरुलाई उठान गर्ने, कृषि सवालका बारे स्थानीय निकायहरुलाई महशुस गराउने र कृषिका सवालहरुलाई स्थानीय तहबाट सम्वोधन गराउने मुख्य उदेश्यकासाथ संञ्चालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रमको क्रममा कृषि बजेट विनियोजन र कार्यान्वयन, पशु रोग तथा यसको नियन्त्रण, खाद्य सुरक्षा तथा कृषि विकास योजना कार्यान्वयन, कृषक र एग्रोभेट विचको विउ विजन जस्ता मुख्य सवालहरुको बारेमा अन्तरक्रिया कार्यक्रम संञ्चालन गरिएको थियो ।
नव निर्वाचित वडाका जन प्रतिनिधिहरु, स्थानीय राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु र कृषक तथा महासंघ विचको अन्तरक्रिया कार्यक्रमको प्रमुख आयोजकको रुपमा सम्वन्धित वडा महासंघ रहेको थियो । सो कार्यक्रममा वडा तहमा रहेका कृषि र किसानका सवालहरुलाई सरोकारवालाहरु मार्फत कार्यान्वयन गर्न गराउन तथा सम्वोधन गराउनु नै महत्वपुर्ण उदेश्य रहेको थियो ।

कार्यक्रम संञ्चालनले नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्वन्धित वडाका कृषक तथा वडा महासंघले उठान गरेको कृषि र किसानका सवालहरुको बारेमा अवगत भएका, किसानले उठाएका सवालहरुको कार्यान्वयन गर्न गराउन नव निर्वाचित प्रतिनिधिहरुले लिखित प्रतिवद्धता जाहेर गरेका, जन प्रतिनिधिहरु र राष्ट्रिय कृषक समुह महासंघ तथा किसानहरु विचको समन्वयको शुरुवात भएको, नव निर्वाचित जन प्रतिनिधिहरुद्वारा आ.व.२०७३÷०७४ मा वार्ड स्तरमा विनियोजन गरेको कृषि बजेट बारे जानकारी तथा विनियोजनको लागि जन प्रतिनिधिहरु प्रतिवद्ध रहेको जस्ता महत्वपुर्ण उपलब्धिहरु भएका छन् ।

समुहहरुको सामाजिक श्रोत नक्शा तयारी तथा सम्पन्नता स्तरीकरण

राष्ट्रिय कृषक समुह महासंघ, नेपालद्वारा केएर नेपालको सहकार्यमा २०१४ बाट संञ्चालन भई रहेको खाद्य अधिकार परियोजना अन्तरगत परियोजनाले समेटेका १७० वटा कृषि÷पशु समुह र कुषि सहकारीहरुको सामाजिक श्रोत नक्शा तयारी तथा सम्पन्नता स्तरीकरण गर्न कार्य योजना सहित शुरुवात गरिएको छ ।
समुहको सामाजिक श्रोत नक्शा निर्माण तथा सम्पन्नता स्तरीकरण गर्ने क्रम निरन्तर रहेको छ ।
सामाजिक श्रोत नक्शा निमाण तथा सम्पन्नता स्तरीकरणका उदेश्यहरु
-समूहको सदस्यहरुको सम्पन्नता स्तरीकरण गर्न ।
– समुहमा रहेका श्रोत साधनहरुको पहिचान गर्न ।
– कृषिसँग सम्वन्धित विषयहरुको विश्लेषण गर्ने ।
– समुहमा जिविकोपार्जन कार्यक्रम तथा जलवायु अनुकुलन खेती संञ्चालन गर्न ।
उपलब्धिहरु
– सामाजिक श्रोत नक्शा तयार गर्न सहजकर्ता तथा अभियन्ताहरु अभ्यस्त भएको ।
– जिविकोपार्जन तथा जलवायु अनुकरलनीय खेतीको लागि छनौटको आधार तयार भएको छ ।
– परियोजनाले समेटेका समुहहरु मध्ये यस महिनामा ४ वटा महिला कृषक समुहहरुको सामाजिक श्रोत नक्शा तयारी र सम्पन्नता स्तरीकरण गर्ने काम सम्पन्न भएको छ ।
– ५ वटा समुहहरुको सामाजिक श्रोत नक्शा तथा सम्पन्नता स्तरीकरण गर्ने काम सम्पन्न भएको छ ।

समुहहरुको बार्षिक कार्य योजनाको समिक्षा तथा निर्माण कार्य सम्पन्न

कृषक समुहहरुले आफ्नो समुहको वार्षिक कार्य योजना निर्माण तथा कार्यान्वयन गर्ने काम गर्दै आएको छ । वर्ष भरीमा समुहको लागि के के काम गर्ने भन्ने विषयहरुलाई समावेश गरी समुहका सबै कृषक सदस्यहरुको सहभागितात्मक छलफलबाट वार्षिक रुपमा निर्माण गर्ने गरिन्छ ।

राष्ट्रिय कृषक समुह महासंघ, नेपालद्वारा केएर नेपालको सहकार्यमा संञ्चालन गरिएको खाद्य अधिकार परियोजना मार्फत जम्मा १७० वटा कृषि तथा पशु समुहहरु र कृषि सहकारीहरुलाई विभिन्न वर्षहरुमा समेटिएको समुह तथा सहकारीहरुको संस्थागत विकासमा सहयोग पु¥याउने उदेश्यले हरेक वर्ष बार्षिक कार्य योजना निर्माण गर्ने गरिन्छ । अघिल्लो वर्ष निर्माण गरिएको योजनाको समिक्षा गर्दै कार्यान्वयनको सफलता तथा कार्यान्वयन हुन नसकेका योजनाहरुको कारणहरुको विश्लेषण सहित नया कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने परिपाटीको विकास शुरु गरिएको छ ।

समुहका सबै सदस्यहरुको सहभागीतामा स्थानीय अभियन्ता तथा सहजकर्ताहरुको सहजीकरणमा बन्ने उक्त वार्षिक कार्य योजनाले समुह तथा सहकारीको संस्थागत विकासको लागि सामान्यतया आवश्यक रणनीतिहरु अपनाईएको हुन्छ ।

 कृषि/पशु समुह तथा कृषि सहकारीहरुले अघिल्लो वर्ष बनाएका योजनाहरु कार्यान्वयनको तहमा समिक्षा गर्ने गराउने ।
 कृषक समुहहरुलाई कृषि योजना बनाउन सहयोग पु¥याउने ।
 समुहलाई संस्थागत विकासको लागि सहयोग गर्ने ।
 समुहका सदस्यहरुको भावनालाई सम्वोधन गर्न ।
 सरोकारवालाहरुको पहिचान गरी सेवा सुविधाहरु प्राप्त गर्ने ज्ञान सिपको विकास गर्ने जस्ता मुख्य उदेश्यकासाथ समुहहरुको बार्षिक कार्य योजना निर्माण गर्ने गरिन्छ । वार्षिक कार्ययोजना निर्माणले निर्माण गरिएको वार्षिक कार्य योजनाहरुको कार्यान्वयनको तहमा समिक्षा गरी कार्यान्वयन गर्दाको उपलब्धिहरु र कार्यान्वयन हुन नसकेका कारणहरुको विश्लेषण र पुनः कार्यान्वयनको लागि योजना निर्माण गर्दा सदस्यहरुमा महशुसीकरण भएको, समुहहरुको संस्थागत विकासका लागि टेवा पुगेको, राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि फारम भरी जिल्ला कृषि विकास कार्यालयबाट पुरस्कार प्राप्त गरेको, समुहलाई बार्षिक कार्य योजना निर्माणको लागि अभ्यास भएको,, निर्माण गरिएका बार्षिक कार्यहरुको समिक्षा भई सकारात्मक तथा सुधारात्मक पक्षहरुको पहिचान भएको, नयाँ समुहहरुको लागि योजना निर्माण सम्वन्धि जानकारी तथा अभ्यास भएको,, समुहहरुको बार्षिक कार्य योजनाहरुको आधारमा वडा महासंघको योजना निर्माण गर्न सहज भएको र बार्षिक कार्य योजना निर्माणबाट सामुहिक कामहरुको थालनी भएको छ ।

समुहहरुलाई जिविकोपार्जनको लागि अकवरे खुर्सानी सम्वन्धि २ दिने तालिम संञ्चालन

राष्ट्रिय कृषक समुह महासंघ, नेपालको संञ्चालन तथा केएर नेपालको सहयोगमा भई रहेको खाद्य अधिकार परियोजना अन्तरगत आ.व.२०१६ मा पनि जिविकोपार्जन कार्यक्रम संञ्चालन गरिएको थियो । त्यसवेला संञ्चालन गरिएका जिविकोपार्जन कार्यक्रमहरु मध्ये अकबरे खुर्सानी खेती पनि एक नमुनाको रुपमा बेलका नगरपालिका वडा नं.६ देउराली स्थित नव संयुक्त कृषक समुह र नमुना महिला कृषक समुहमा संञ्चालन भएको थियो । अकबरे खुर्सानी खेती गर्नको लागि महासंघबाट सिंचाईका लागि आकासे पानी संकलन गर्न ड्रम र विउ खरिद गर्न सहयोग गरिएको थियो ।

समुहले लगाएको अकवरे खुर्सानीलाई अझ व्यवसायिक र व्यवस्थित रुपले संञ्चालन गर्नको लागि नर्सरी बनाउने देखि फल टिप्ने वेला तथा विउ बनाउने बेलासम्मको अवस्थामा पु¥याउनु पर्ने ध्यान तथा तरिका, विधि र प्रकृयाहरुको बारेमा कृषकहरुलाई जानकारी गराउने उदेश्यले राष्ट्रिय कृषक समुह महासंघ, नेपालले आई.यु.सि.एन.को सहयोगमा किसानद्वारा किसानको लागि भन्ने नाराकासाथ १ दिने तालिमको आयोजना गरिएको थियो । तालिमको सहजीकरण गर्न ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं.१ कोसेली चौर स्थित कोसेली चौर महिला कृषक समुहका अध्यक्ष संजु जोशी, जो अगुवा महिला कृषक पनि हुन, को सहजीकरणमा १ दिने तालिम संञ्चालन गरिएको थियो ।

तालिममा नर्सरी राख्ने तरिका, रोप्ने तरिका, गोडमेल गर्ने तरिका, विरुवाको संरक्षण, काटछाट गर्ने, फल टिप्ने तरिका, विउ बनाउने तरिका, जैविक विषादि बनाउने र प्रयोग गर्ने तरिका, जैविक मल बनाउने तरिकाको बारेमा अभ्यासबाटै गरिएको थियो । महासंघको अयोजना तथा आई.यु.सि.एन.को सहयोगमा भएको उक्त तालिमको औपचारिक रुपमा संञ्चालन तथा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नव संयुक्त कृषक समुहका अध्यक्ष थामविर राईले गरेको थिए भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय कृषक समुह महासंघका केन्द्रिय सचिव रामहरी शर्मा, विशेष अतिथिको रुपमा स्थानीय बडा महासंघका अध्यक्ष वीमा राई रहेका थिए भने कार्यक्रमको संञ्चालन सहजकर्ता शुभ नारायण चौधरीले गरेका थिए ।

नव निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

नव निर्वाचित जन प्रतिनिधिहरुलाई वधाई तथा शुभकामना प्रदान सम्पन्न गरिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न पश्चात बेलका र कटारी नगरपालिका अन्तरगत रहेका वडाहरुमा राष्ट्रिय कृषक समुह महासंघ, नेपालका सम्वन्धित वडा महासंघको आयोजनामा सम्पन्न गरिएको थियो । परियोजना संञ्चालन रहेका वडाहरुमा गरिएको सो कार्यक्रममा महासंघ र नव निर्वाचित जन प्रतिनिधिहरु विचको समन्वय र सहकार्य गर्दै महासंघले उठाएका कृषि र किसानका सवालहरुलाई जन प्रतिनिधिहरुबाट कार्यान्वयन गराउनको लागि पैरवीको शुरुवातको लागि भलाकुसारी गर्न गरिएको हो ।

वडा महासंघ, यसका कृयाकलापबारे नव निर्वाचित जन प्रतिनिधिहरुलाई औपचारीक रुपमा जानकारी गराउने, कृषि तथा किसानका समस्या र सवालबारे एक आपसमा परिचित भई आत्मसाथ गर्ने/गराउने, महासंघ र वडा कार्यालय विचको संस्थागत सहकार्य, सम्बन्ध र समन्वयको विकास गराउने आधार तयार गर्ने, कृषि र किसानका सवालहरुमा सहयोग गर्न नव निर्वाचित जन प्रतिनिधिहरुद्वारा लिखित तथा मौखिक प्रतिवद्धता जाहेर गराउने जस्ता मुख्य उदेश्यका साथ विभिन्न मितिमा कटारी नगरपालिकाको वडा नं.१, २, ३, ४, ५, ११, १२ र १४ तथा बेलका नरपालिकाको वडा नं.१, २, ३, ५, ६, ७, ८ र ९ मा वडाहरुमा संञ्चालन गरिएको थियो । कार्यक्रम सम्वन्धित वडा महासंघका अध्यक्षको अध्यक्षतामा तथा सम्वन्धित वडाका नव निर्वाचित जन प्रतिनिधि वडा अध्यक्षको प्रमुख एवं वडा सदस्यहरुको विशेष आतिथ्यमा सम्पन्न गरिएको थियो ।

कार्यक्रम संञ्चालनले नव निर्वाचित जन प्रतिनिधिहरुको लागि स्थानीय महासंघले गरेका क्रियाकलापहरुको बारेमा संक्षिप्त अवगत, नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्वन्धित वडाका कृषक तथा वडा महासंघले उठान गरेको कृषि र किसानका सवालहरुको बारेमा जानकारी, किसानले उठाएका सवालहरुको कार्यान्वयन गर्न गराउन नव निर्वाचित प्रतिनिधिहरुबाट लिखित प्रतिवद्धता जाहेर गरिएको थियो भने नव निर्वाचित जन प्रतिनिधिहरु र राष्ट्रिय कृषक समुह महासंघ तथा किसानहरु विचको समन्वयको शुरुवात भएको छ ।

समुहहरुको केएर डेनमार्क/नेपालद्वारा अनुगमन

राष्ट्रिय कृषक समुह महासंघ, नेपालद्वारा उदयपुर जिल्लामा संचालन भई रहेको खाद्य अधिकार परियोजना अन्तरगत हालसम्म संञ्चालन भएका गतिविधिहरुलाई मध्येनजर राख्दै परियोजना संञ्चालनबाट भएका उपलब्धिहरुलाई मुल्याङ्कन गरी आगामी वर्षको लागि कार्यक्रम निर्माण गर्ने उदेश्यले उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं.३ वलियाको सुर्यमुखी कृषि सहकारी र वडा नं.१४ लेखानीको सपनमवती कसषि सहकारी गरी २ वटा कृषि सहकारी र कटारी नगरपालिका वडा नं.१ कालिखोलाको दुर्गा कृषक समुह र वडा नं.१४ भदौरेको लालीगुरास कृषक समुह गरी २ वटा कृषक समुहहरुको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा २ वटा समुहहरुले जलवायु अनुकुलनीय खेतीको अभ्यास बारे अनुगमन गरिएको थियो भने २ वटा कृषि सहकारी संस्थाहरुको संस्थागत विकास बारे अनुगमन गरिएको थियो । २ दिनको अनुगमन पश्चात दोश्रो दिन अनुगमनको समिक्षा लिवर्डको जिल्ला कार्यालयमा समिक्षा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0