२२ दिन हिरासत बस्दाको अनुभूति

हिमालसिंह राई
केन्द्रीय महासचिव, माओवादी मजदुर पार्टी

२०६५ सालबाट नयाँ विद्रोह गरिँदै आइयो । माओवादी मजदुर पार्टी नामक राजनैतिक धारणा विचारका संगठन गर्र्ने काम भयो । भनिन्छ, एक पाइलाबाट हजार पाइला हिंड्नुपर्ने हुन्छ । दशवर्षको जनयुद्धबाट जनताको मुक्ति राजतन्त्र समाप्त पार्न हामीले योगदान गर्यौँ र राजतन्त्र सकियो । सकिए पनि वर्ग संघर्षको नियम अनुसार फेरि छोटे/मोटे श्रीपेच विनाको राजकाज सुरु भए । संघीयतालाई दिग्भ्रमित पारी भौगोलिक भागबण्डा गरेर फेरि नयाँ ढंगबाट मजदुर र किसानलाई झुक्याएर जनतालाई नयाँ कर असुल्ने, आफूहरु छोटे शासक बन्ने व्यवस्थाकोबिरुद्धमा हामी, हाम्रो पार्टीले संविधानलाई जलाउँदै आएको इतिहास ताजा छ । हामीले जनताको गणतन्त्र संघीय देश जातिय स्वायत्त राज्यको अधिकार जुन राख्यौँ जनयुद्ध कालबाट जुन उद्देश्य थियो, यी सबै लत्याएर सम्झौता गर्ने काम जनयुद्धको नेतृत्व पक्षले जनघात, विश्वासघात गर्यो । त्यसपछि हामी आफ्नो ठाउँबाट न्यायको झण्डा उठाउँदै आयौँ । हामीले हाम्रो पार्टीको ठहर बमोजिम अहिलेको निर्बाचनलाई बहिस्कार गरेका हौं । त्यसरी बिरोध गर्ने क्रममा यहि मंसीर ५ गते उदयपुर जिल्लाको पीपलचौकबाट प्रहरीले पक्रेर हिरासतमा २२ दिनसम्म राख्यो ।

१७ औँ शताब्दीका शासकहरुले शासितलाई त्यसवेलाका शासित पक्षले शासक वर्गको कानूनको वर्खिलाप गर्दा दुवैपट्टि काठको एक मान्छे अग्लो काठ तेर्सो पारेको ठाउँबाट घाँटीमा झुण्ड्याएर मारेर सजाय दिन्थे । आधुनिक शासकहरु त्यो नगरेर नयाँ तरिकाबाट जेलमा सडाउँछन् । मान्छेको आयू सयवर्ष भएपनि असी वर्ष बाँच्छौँ आफू र आफ्नो सन्तानलाई मात्रै नभएर सिङ्गो श्रमिकलाई चलाखी, बद्मासीहरुले दास बनाउँदासम्म हामी दासको खिर खानूभन्दा दासबाट मुक्त हुन न्यायको झण्डा उठाउन दुःख गरेर जनताको भविष्य आफ्नो भविष्य सम्झेर खोले खाएर स्वतन्त्र जीवन जिउन सक्नुपर्छ । राजनैतिक व्यवस्थाबाट हामीलाई शोषण गरेकोले हामी श्रमिकहरुले पनि आफ्नो राजनैतिक व्यवस्थाबाट संगठित भए, मुक्त हुन संघर्षबाहेक विकल्प छैन । धनवानहरुको पनि राजनैतकि संगठन हुन्छ भने मानवीय श्रमिक, मजदुर, किसानहरुको पनि आफ्नो राजनैतिक साधनले आफ्नो भविष्य बनाउनु पर्छ । धनवानहरुले धन, पैसा हतियारधारी सेना, पुलिस, संविधान, चुनाव प्रयोग गरेर समाज संचालनको नाममा लुटका खेती गरिरहन्छन् भने मजदुर, किसान वर्गले पनि आफ्नो राजनैतिक सेना मोर्चा तयार गरेर लुटको खेतीबाट मुक्त हुन वर्ग संघर्ष गरिरहनु पर्ने हुन्छ । आफ्नै राज्य सत्ताको आधार निर्माण गरेर आफ्नै समाज संचालन गरिहरनु पर्ने हुन्छ । यसो हुँदा हामीले कहिले जेल सजाय भोग्न कठिनाई खेप्न जस्तोसुकै चुनौतिलाई चिरफार गर्नु पर्छ । त्यसैले म मंसीर ५ गतेदेखि जेल सजाय २२ दिन उदयपुर जिल्लाको हिरासतमा बसें ।

मेरो स्वार्थ व्यक्तिगत स्वार्थसँग जोडिएको थिएन । जन्मगत हक हामी चाहन्छौँ । जन्मगत हकभन्दा जमिन, उद्योग साझा थिए । जहिले पनि साझा हुन्छ । जान्ने, नजान्नेबीचको विवाद जान्नेले ठग्न पाउने व्यवस्था अन्त हुनु पर्छ । बौद्धिक ठग, बद्मासीहरु रातदिन ठग्न परिश्रम गर्छन् । सोझा सिधालाई काम लगाउन आफू धनी बन्न आफैँलाई बाहेक सोच्ने फुर्सद पाउँदैनन् । त्यसैले धेरै बुुर्जुवा शिक्षा पढ्ने र शारीरिक काम गर्ने बिचका पारिश्रमिक वा शारीरिक र बौद्धिक ठग व्यवस्थाको अन्त हुन नै मानवीय व्यवस्था हो । अन्तमा हिरासतमा बस्दा कष्ट हुने नै भए । उकुसमुकुस, घरिघरि काहाली लाग्ने । के गर्नु झण्डै झण्डै पागल जस्तै भइने जस्तो लाग्यो । चारैतिर कोठाको भित्ता बाहेक केही देख्न पाइँदैन । पढ्न, लेख्न पनि सुविधा थिएन । त्यहाँको बसाई र खानाको व्यवस्था साह्रै दुखद थियो । बेसी लागू औषध र दुव्र्यसनी जस्ता कलिला ठिटा देख्दा देश के हुन लाग्यो भनेर बिरक्त लागेर आयो । सबै बाबुआमा अभिभावकहरुले हिरासतबाट निकाल्न कोशिस गरेको देख्दा निरास लागेर आयो । हामी राजनैतिक काण्ड परेका सबै प्राय चौध पन्ध्र्र जना नेत्रविक्रम चन्द पक्ष आरोपी साथीहरु थियौ । यो हाम्रो लागि नबिर्सने योगदानको रुपमा हाम्रो माओवादी मजदुर पार्टीको ऐतिहासिक शिक्षाको रुपमा लिएका छौँ । हिजो ५२ सालको जनयुद्धकालका होनहार सहिदहरुको रगत सबै नेपालीले रगतको मूल्य मान्यता पाएका छौँ ।

सहि र वास्तविक माक्र्सवादीहरु राजनैतिक दर्शन हुन्छन् । उत्पीडित वर्ग विशाल बहुसंख्यक जनसमुदाय शक्तिको साधन हुन् । जनताका लागि हामी शोषित, पीडितहरु सधैँ मुक्तिको लागि जेल, नेल जस्ता साधनहरु क्रस गर्दै हाम्रो राजनैतिक साधनले जित्नु पर्छ । कठोरता विनाको भविष्य संसारमा कहीँ पनि पाइन्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0