प्रेस चौतारी उदयपुरको नेतृत्वमा गणेश

पूर्णपुष्टि/गाईघाट, माघ २० गते ।

प्रेस चौतारी नेपाल उदयपुरको शनिबार सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । गणेश उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन गरेको हो ।

उपाध्यक्षमा इश्वर बलम्पाकी मगर, सचिवमा सुमित्रा कोइराला, सहसचिव करुणा कार्की, कोषाध्यक्ष हरि ढकाल रहेका छन् । त्यस्तै सदस्यहरुमा राकेश नेपाली, हिरा राई, हिरालाल दनुवार, केदार कटुवाल र रञ्जु दनुवार रहेका छन् ।

नयाँ कार्यसमितिलाई कार्यक्रममा उपस्थित अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0