कटारी पत्रकार समाज गठन

पूर्णपुष्टि/कटारी, माघ २१ गते ।

-उदयपुरको अर्को एक प्रमुख व्यापारिक केन्द्र कटारीमा ऋषि राईको संयोजकत्वमा कटारी पत्रकार समाज आईतबार गठन भएको छ ।

कटारीलाई कार्यक्षेत्र बनाएर विभिन्न संञ्चारमाध्यमहरुमा आवद्ध क्रियाशिल संञ्चारकर्मी तथा पत्रकारहरुको भेलाले गठन गरेको हो । समाजका सदस्यहरुमा हिरालाल अधिकारी दनुवार, जीवनाथ दाहाल, अस्मित पौडेल, रेणु पराजुली, अभिमन्यु लामिछाने, राजु मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा सन्जु राउत, रविन्द्र भट्टराई, पर्शुराम पोखरेल, सन्तोष कार्की, बलराम कार्की र शेरबहादुर मगर रहेका छन् ।

संञ्चारकर्मी तथा पत्रकारहरुबीच समन्वय गरी विभिन्न क्रियाकलापहरु संञ्चालन गर्ने संयोजक राईले बताए । समाजले कटारीमा स्थापित संञ्चारमाध्यमहरुको ऐतिहासिक अभिलेख, कटारीका पत्रकारहरुको ऐतिहासिक विवरण संकलन गर्ने, पत्रकार सम्मेलनका लागि समन्वय गराउने जनाएको छ । पत्रकार आचारसंहितामा रहि पत्रकारहरुको हकहितको संरक्षण गर्दै कटारीमा पत्रकारको क्षमता अभिबृद्धिका साथ संख्या थप्दै जाने पनि समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0