बाल विकास समाजमा नयाँ नेतृत्व

पूर्णपुष्टि/गाईघाट, माघ २१ गते

– बालविकास समाज नेपाल उदयपुरको शनिबार गाईघाटमा सम्पन्न साधारणसभाले इश्वर राना मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

संस्थाको २० औं बार्षिक साधारणसभाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नेत्रकुमारी मगर, महासचिवमा घमानसिंह मगर, सचिवमा मोहन समाल र कोषाध्यक्षमा दिरानाथ दाहाल रहेका छन् ।

नव कार्यसमितिका पदाधिकारीहरुलाई कार्यक्रममा सहभागि विभिन्न निकायका अतिथिहरुले बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

जिल्लामा विशेषगरी वालवालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले शिक्षा, स्वस्थ्य लगायतका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0