दुर्घटनामा चालक, सहचालक घाइते

पूर्णपुष्टि/उदयपुर, फागुन २ गते

-शिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ गहुँबारी भन्ने ठाउँमा मंगलबार एक टिपर दुर्घटना भई दुईजना घाइते भएका छन् ।

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ५ ख २२५३ नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई सडकदेखि अन्दाजी २ सय ५० मिटर तल खस्दा चालक कटारी नपा २ खोक्साका २५ वर्षिय सन्तोष थापा सहचालक सोही ठाउँका १८ वर्षिय राजु पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घाइते दुबैलाई उपचारार्थ लहानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0