नगरपालिकाद्वारा विषयगत कार्यालयको निरिक्षण

पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते

-त्रियुगा नगरपालिकार्काबाट बुधबार विभिन्न विषयगत कार्यालयहरुको निरक्षण भएको छ । नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवि चौधरी रहेको टोलीले विषयगत सरकारी कार्यालयहरुको निरिक्षण गरेको हो ।

वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक फाँटका संयोजक मानबहादुर राई, वडा नं. १५ का वडाध्यक्ष निरबहादुर मगर र वडा नं. १४ का वडाध्यक्ष कुरुङ राईसहितको टोलीले सडक, सञ्चार, खानेपानी लगायतका कार्यालयहरुको निरिक्षण गरेको थियो ।

नगरक्षेत्रमा सञ्चालित योजनाहरुको अवस्था, कर्मचारीको कार्यसम्पादन तथा जनताले पाउने सेवा सुविधाको अवस्था बारे बुभ्mनुका साथै अवका दिनमा अझ समन्वयात्मक भूमिका बढाउदै प्रभावकारी ढंगले काम कारवाही अगाडी बढाउने उद्देश्यले निरिक्षण कार्यक्रम गरिएको सामाजिक फाँट संयोजक राईले बताउनुभयो ।

यसका साथै नगर क्षेत्रको विकासमा अवका सम्भावनाहरु के के छन्, तिनिहरुको सम्भाव्यता अध्ययन गरेर अगाडी बढ्नका लागि बिहिबार छलफल कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो । यसले नगर विकास योजनामा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0