बगरमा मोटरसाईकल फेला

पूर्णपष्टि/उदयपुर, फागुन १८ गते

-बुधबार राती महोत्सवस्थलबाट हराएको दुई मोटरसाईकल सुक्रबार विहान त्रियुगाको बगरमा फेला परेको छ ।
त्रियुगा पुल भन्दा करिब दुईकिलोमिटर पूर्व त्रियुगा नदीको बगरमा आधा चक्का भाँसिएर छोडिएको अवस्थामा विहान फेला परेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका १६ का कमलबहादुर कटुवालको स २ प ५७३५ नम्बरको यामाहा कम्पनीको एफजेठ मोटरसाईकल र त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रकासकुमार हमालको बा ३३ प २१४६ नम्बरको होण्डा कम्पनीको मोटरसाईकल चोरी भएकोमा फेला परेको हो ।

महोत्सवमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिभिलमा प्रशस्तै सुरक्षाकर्मी खटिएको र छुट्टै सेक्रेटरी व्यवस्थाका बीच मोटरसाईकल हराएको थियो । अझै पनि मेला सातादिन बाँकी नै रहेकाले आयोजकको सावधानी तथा सुरक्षा व्यवस्था कडा हुनु जरुरी रहेको सर्बसाधारणको भनाई छ । महोत्सव प्रशासनले तोकेको समयमा बन्द नगरे र निषेधित कुराहरु बन्द नगरेसम्म यस्ता घटना दोहोरीने जोखिम कायमै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0