महोत्सवबाट फर्कदा दुर्घटना, एक गम्भिर घाइते

पूर्णपुष्टि/उदयपुर, फागुन २० गते

-त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको महोत्सव हेरेर फर्कने क्रममा शनिबार राती त्रियुगा नगरपालिका–३ मोतिगडामा मोटर साइकल दुर्घटना भई तीन जना घाइते भएका छन् ।

राती ९ ः ३० बजेको समयमा तीनजना सवार स ५ प ८७१९ नम्बरको मोटर साइकल दुर्घटनामा परी सप्तरी सुरुङ्ग नगरपालिका–२ बस्ने चालक २१ वर्षीय दिपक कार्की, ३५ वर्षीय पर्वत पाण्डे र ३६ वर्षीय विष्णु खड्का घाइते भएका हुन् । मोटर साइकल दुर्घटनामा परी पाण्डेको टाउकोमा गहिरो चोट लागेकोले त्रियुगा अस्पतालका प्राथमिक उपचारपछि विराटनगर रेफर भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अत्याधिक गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रहरीको आडमा राती अवेरसम्म महोत्सव सञ्चालन हुनाले यस्ता घटनाहरु बृद्धि भइरहेको स्थानीयको भनाई छ । राती ८ : ३० बजेसम्म अनुमति पाएको महोत्सव प्रहरीको आडमा राती १० बजे भन्दा बढि समय सञ्चालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0